दफा ५
सर्वेक्षण अनुमतिपत्र
(१) ऐनको दफा १२ बमोजिम अनुमतिपत्र लिन चाहने सङ्गठित संस्थाले मन्त्रालयले तोकेको अधिकारी समक्ष अनुमतिपत्रका लागि अनुसूची-५ बमोजिमको ढाँचामा _ अनुसूची-२ बमोजिमको सर्वेक्षण अनुमति शुल्क संलग्न गरी निवेदन दिनु पर्नेछ।
स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि “सर्वेक्षण” भन्नाले खानेपानी तथा सरसफाइ आयोजनाको पूर्व सम्भाव्यता अध्ययन, सम्भाव्यता अध्ययन र तत्सम्बन्धी विस्तृत इन्जिनियरिङ्ग डिजाइन, खाका वा रेखाङ्कन गर्ने कार्य सम्झनु पर्छ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदनको सम्बन्धमा मन्त्रालयले तोकेको अधिकारीले: सार्वजनिक जानकारीको लागि पन्ध्र दिनको म्याद दिई सौ विषयको सूचना आफ्नो सूचना पाटी र वेबसाइटमा राख्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिम सार्वजनिक गरेको सूचनामा कुनै उजुरी प्राप्त भएमा त्यस्तो उजुरीलाई समेत मध्यनजर गरी निवेदकको प्राविधिक योग्यता र आर्थिक क्षमतालाई आधार मानी जाँचबुझ गर्नु पर्नेछ।
(४) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि मन्त्रालयले तोकेको अधिकारीले त्यस सम्बन्धमा आवश्यक जाँचबुझ गरी थप कागजात आवश्यक पर्ने भएमा वा कुनै विषयमा थप स्पष्ट गर्नु पर्ने देखिएमा सात दिनको समय दिई सो सूचना निवेदकलाई दिनु पर्नेछ ।
(५) यसं नियम बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा निवेदकलाई अनुमतिपत्र दिन उपयुक्त देखेमा मन्त्रालयले तोकेको अधिकारीले तीस दिनभित्र अनुसूची-६ बमोजिमको ढाँचामा सर्वेक्षण अनुमतिपत्र दिनु पर्नेछ।
(६) उपनियम (५) बमोजिम अनुमतिपत्र प्रदान गरेको विवरण मन्त्रालयले तोकेको अधिकारीले मन्त्रालय तथा सम्बन्धित प्रदेश र स्थानीय तहलाई दिनु पर्नेछ।